मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा कार्यक्रम सम्पन्न (फोटोफिचर)

सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा कार्यक्रम सम्पन्न (फोटोफिचर)

न्यूजस्टोरी

काठमाडौं, ८ वैशाख । पेरिस पारालिम्पिकका छनोट भएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन वर्षकी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
नेपाल तेक्वान्दो संघले आफ्नो आठौं वार्षिक साधारणसभाका अवसरमा पलेशालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेका हो । पलेशका प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।
चितवनको सौराहमा शनिबार भएको साधारणसभामा पलेशालाई ५० हजार र लामालाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उहाँहरुलाई युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गर्नुभएको हो । चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा यसै वर्ष पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेको पहिलो नेपाली खेलाडी हुनुहुन्छ । गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो। यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जित्नुभएको थियो। ओलम्पिकमा दुई खेल जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुनुहुन्छ।

लामाले २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा ३ स्वर्ण, २ रजत र ५ कांस्य पदक छन् ।

यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभएको छ । उहलाई १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । यस्तै चितवन उत्कृष्ट जिल्ला र बागमती उत्कृष्ट प्रदेशबाट सम्मानित भएका छन् । चितवन र बागमती समान २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई २५ हजार रुपैयाँसहित सम्मान गर्नुभयो । यस्तै एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो । संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघ प्रसंशापत्रबाट सम्मानित भए ।

तस्विरमा…….