मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेसम्मकै उच्च अमेरिकी डलरको भाउ

अहिलेसम्मकै उच्च अमेरिकी डलरको भाउ

न्यूजस्टोरी

काठमाडौं, ५ बैशाख । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ ।