मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ किलो बढि लागु औषध चरेश सहित भारतिय नागरिक पक्राउ

९ किलो बढि लागु औषध चरेश सहित भारतिय नागरिक पक्राउ

न्यूजस्टोरी

शेखर छतकुली
वीरगञ्ज, ३१ भाद्र । सशस्त्र प्रहरी बल पर्साले साढे ९ किलो लागु औषध चरेश सहित एक भारतिय युवालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म अलौले उक्त लागु औषध चरेश सहित एकजनालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्मका प्रमुख डिएसपी उत्तम वस्नेत को कमान्डमा रहेको टोलिले वीरगन्ज महानगरपालिका–१७ अलौ सडक खण्डमा शँका लागी HP ९४ – ४९८३ नम्वरको भारतिय मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्याङकी भित्र फल्स बटम बनाई २१ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थामा एकजना भारतीय नागरिक सहित चरेश र मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल अलौ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक उत्तम वस्नेतले जनाएकाछन् ।
उक्त लागु औषध चरेश सहित पक्राउ पर्नेमा भारत निवासी वर्ष २० का सन्दीप चौधरी रहेका छन्।

चरेस सहित पक्राउ परेका चौधरी र चरेश र भारतिय नम्वरको मोटरसाइकल सहित वडा प्रहरी कार्यालय श्रीपुरमा आवश्यक कारबाहीको लागि बुझाईएको सशस्त्र प्रहरी बल अलौ गुल्मका प्रमुख डिएसपी बस्नेतले बताएकाछन् ।