मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज रामनवमी : हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर मनाउँदै

आज रामनवमी : हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर मनाउँदै

न्यूजस्टोरी

काठमाडौं, ५ बैशाख । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ ।