मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रान्सपोर्टको गोदाममा सशस्त्रको छापा : लाखौं मुल्य बराबरको अवैध समान नियन्त्रणमा

ट्रान्सपोर्टको गोदाममा सशस्त्रको छापा : लाखौं मुल्य बराबरको अवैध समान नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, ८ वैशाख
सशस्त्र प्रहरी वल वीरगन्जले ट्रान्सपोर्टको गोदाममा छापामारी अवैध रुपमा लुकाई राखेको करिब ६० लाख रुपैयाँ भन्दा बढीको लत्ताकपडा कपडा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगँज भन्सारले वीरगंज महानगरपालिका वडा नं १० स्थित दुर्गा रोड कयारियरको गोदाममा छापामारी अवैध रुपमा भन्सार छलेर राखेको लाखौं मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुर्गा रोड कयारियरको गोदाममा छापामार्दै गर्दा वीरगंज भन्सारका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरीले छापामारी नियन्त्रणमा लिएको अबैध सामानमा सटिङ सुटिङ शुरुवाल कुर्ता लेहेङगा साडी, काजु ग्यास चुल्हो सानो ग्यास सिलिन्डर प्रेसर कुकर ब्रेड कुरुमवस लगायतका सामानहरु रहेका छन ।
पोके तस्करहरुले भारतको रक्सौलबाट अवैध रुपमा भन्सार छलेर वीरगन्ज ल्याएपछि वीरगंजमा रहेको दुर्गा रोड कयारियरको गोदाममा तस्करीको सामान राख्ने क्रममा सशस्त्र प्रहरी भन्सारको टोलीले पछ्याउँदै उक्त ट्रान्सपोर्टको गोदाममा पुगेर छापामारेको सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सार प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्डमा रहेको टोलीले शनिवार दिउँसो उक्त ट्रान्सपोर्टको गोदाममा विशेष सुचनाको आधारमा छापामारेर भन्सार छलिका लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले छापामारी नियन्त्रणमा लिएको उक्त भन्सार छलिका सामान आजै आवस्यक कारवाहीका लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जानकारी दिनुभयो ।