मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजको ब्यावसायीक भवनमा प्रहरीको छापा, करोडौं मुल्य बराबरको अबैध लत्ताकपडा बरामद

वीरगंजको ब्यावसायीक भवनमा प्रहरीको छापा, करोडौं मुल्य बराबरको अबैध लत्ताकपडा बरामद

न्यूजस्टोरी

शेखर छतकुली
वीरगंज, ६ बैशाख । पर्सा प्रहरीले वीरगन्जको महाबिर स्थान नजिक रहेको एक कम्पलेक्समा भन्सार छलेर अवैधरुपले भण्डारण गरि राखिएको लत्ताकपडा छापा मारि गरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको एक कम्पलेक्समा करोडौं रुपैया मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले महावीर स्थान नजिक रहेको पम्पम भवनकोे कम्पलेक्समा छापा हानि ४ वटा सटरमा भन्सार छलि गरि ल्याई भणडार गरि राखिएको अन्दाजी मूल्य करिब डेढ करोड रुपैया बराबरको लत्ताकपडा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले उक्त गोदाममा भण्डार गरि राखिएको अवैध सटीग सुटिङ , कुर्ताको कपडा , साडी , सुरवाल कूर्ता , पाईन्ट सर्ट लगाएतको लत्ताकपडाहरु रहेका छन भन्ने साझ ७ बजे सम्म सो गोदाममा छापा मारि जारी रहेको थियो।

तस्करहरुले अवैध रुपमा भन्सार छलेर नेपाल भित्राई गोदाममा भण्डार गरि राखेको थियो। प्रहरीले थप विवरण एकिन गरि कति मूल्य बराबरको छ गिन्ती गरि पछि सार्वजनिक गर्ने जनाएको छ