काठमाडौं, २६ चैत्र । आज घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई…