शेखर छतकुली
पर्शा,११ बैशाख ।
वीरगन्ज महानगरपालिकाका बडा नम्वर १७ अलौमा आगलागी हुँदा जलेर ७ घर नष्ट भएका छन् । सोमवार राती करिव १२ बजेर ४५ मिनेट जादा बिजुली सर्ट भएर आगो लागेको हो । आगो लाग्ने बित्तिकै स्थानीयले वीरगन्ज महानगरपालिकाको बारुणयन्त्र र जिल्ला प्रहरी कार्यालय पर्सा सशस्त्र प्रहरीको टोलीलाई खवर गरेपछी ३ वटा बारुणयन्त्र र नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली तत्काल नै घटना स्थल पुगेको थियो ।
आगो लागेपछि सशस्त्र प्रहरी वल गुल्म अलौ र सिर्सिया प्रहरी चौकीको टोली र स्थानीयहरुको सहयोगमा करिव ३ घण्टा पछी आगो नियन्त्रणमा आएको थियो ।
आगो लागेर सो ७ वटा घरमा रहेका लत्ता कपडा, भाडा कुडा गर गहना, पशु चौपाया, अन्नपात, मोवाइल गरि करिव ५५ लाख रुपैयाँ वरावरको क्षती भएको वीरगन्ज महानगरपालिका वडा नम्वर १७ अलौका वडा अध्यक्ष सन्जु छत्कुलीले जानकारी दिनुभयो ।
आगोले जलेर ७ घर नष्ट हुदा करिव ४० घर परिवारहरुको विचल्ली भएको छ । घरमा आगो लागेको ७ घरका परिवारहरुलाई ओम खाध उधोगले चामल चिउरा र लगायतका राहत बाडेको छ ।


प्रतिक्रिया