काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारी निकट स्रोतका अनुसार, सोडारीले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्। सोडारीले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ। स्रोतका अनुसार, सोडारीले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। शुक्रबारको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस…