मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारद्वारा विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदमुक्त

सरकारद्वारा विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदमुक्त

न्यूजस्टोरी

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनीहरुलाई पदमुक्त गरेका हुन् ।

दुबै जना नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका थिए ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई स्पष्टीकरण सोधिएको थियो ।

उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।