मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको कालोपुलमा २० वर्षीय युवकको हत्या, पत्नीसहित २ जना पक्राउ

काठमाडौंको कालोपुलमा २० वर्षीय युवकको हत्या, पत्नीसहित २ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको कालोपुलमा २० वर्षीय प्रेम महत दर्जी मृत फेला परेका छन्।

उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंले मृतककी श्रीमती २४ वर्षीया उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको परिसरका एसपी नवराज अधिकारले बताए।

यी दम्पती एक महीनादेखि कालोपुलमा भाडामा बस्दै आएका थिए। मृतक प्रेमको घर ओखलढुंगाको लिखु गाउँपालिका-९ मा रहेको प्रहरीले जनाएको छ।  हत्या अभियोगमा पक्राउ परेकी उषाको माइती भने मानेभन्ज्याङ गाउँपालिकामा पर्छ। पक्राउ परेका युवक पनि मानेभन्ज्याङकै हुन्।

विवाहेतर सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। तर अनुसन्धानबाट यसको यकीन भइसकेको छैन।