धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसाो साढे ३ बजे पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दैछन्।
मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्रीसँगै एमाले, कांग्रेस र नागरिक उन्मुक्तिबाट सहभागी हुने मन्त्रीले पनि सपथ ग्रहण गर्नेछन्।
सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले सुदूरपश्चिमको मन्त्रिमण्डलमा जाने मन्त्रीहरूको टुंगो लगाएको छ। नेपाली कांग्रेसका बहादुर सिंह थापा र मेघराज खड्का मन्त्री हुने भएका छन्।
सहमतिअनुसार नेपाली कांग्रेसको भागमा मुख्यमन्त्री, आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय परेको छ। थापा र खडकाको मन्त्रालयका बारेमा भने काँग्रेसले अहिले नै टुङ्ग्याएकाे छैन।
यता एमालेले अझै मन्त्रीहरूको टुंगो लगाइसकेको छैन। नेकपा एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने बताइएको छ। एमाले स्रोतका अनुसार सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र सन्तोश कुमारी थापा शर्माको नाम जाने सम्भावना देखिएको छ।
नागरिक उन्मुक्तिको रेशम पक्ष पनि सरकारमा जाने तयारीमा छ। उन्मुक्तिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मागेको स्रोतले बतायो। एमालेले भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिने बताइएको छ।


प्रतिक्रिया