मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो, ७ जना घाइते

धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो, ७ जना घाइते

न्यूजस्टोरी

धादिङ । धादिङको गजुरीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । गजुरी( ५ जरेखोलामा गुडिरहेको माइक्रो बसमाथि पहिरोसहित आएको रुख ढलेको हो । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि गजुरी अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख ढलेको हो ।

पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।