काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पूर्वराजाले खेलको भूमिकालाई बिर्सन नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरू भएकाले उनीहरूको भूमिकालाई बिर्सन नहुने बताएका हुन्। शान्ति प्रक्रियामा सहयोग पुर्याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने उनले बताए।…