मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गट्ठाघर दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि

गट्ठाघर दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि

न्यूजस्टोरी

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको  दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका- ४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् । 

फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्र्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । 

लामो सयमदेखि दुर्घटना न्यूनिकरणमा काम गरेका ट्राफिक प्रहरीलाई यस्तो दुर्घटनालाई ‘ब्लाइन्ड स्पट’ भन्छन् ।  ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।