मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा हिम पहिरोले ४ घर र एक होटल बगायो

सोलुखुम्बुमा हिम पहिरोले ४ घर र एक होटल बगायो

न्यूजस्टोरी

काठमाडौँ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीले ठुलो भौतिक क्षति  पुर्‍याएको छ । बाढीले केही निजी घर पर्यटकीय होटलहरु बगाएको छ । 

हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन  हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल  बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घर रहेकोमा अहिले सबै घरमा मानिस भए नभएको स्पष्ट नभएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।