काठमाडौं । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतोको वीभत्स हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ परेकी छन् । प्रहरीले श्रीमती सिर्जना महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । गत शुक्रबार साँझ महोत्तरीको गौशाला नगरपालिका–८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय…