शेखर छत्कुली
वीरगन्ज, १३ चैत्र । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले लागूऔषध गाँजा र अफिम सहित एकजनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीको टोलीले सोमवार साँझ करिव साढे सात बजे बहुदरामाई नगरपालिका ६ स्थित एक गोठवाट लागु पदार्थ गाजा र अफिम सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता किशोर लम्सालका जनाए अनुसार, गोढको घरमा खानतलासी गर्दा १३ किलो गाँजा, ७१।८० ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको जनाएका छन्।
लागु औषध गाँजा र अफिम सहित पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–६, भौराटारका ३३ वर्षीय अमेरिका प्रसाद साह गोढ रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जनाएका छन् ।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा गोढको घरमा छापामारी लागूऔषध फेला परेको गाँजा र अफिम सहित गोढलाई पक्राउ गरि नियन्त्रणमा लिएको डिएसपी लम्सालले बताएका छन।
पक्राउ परेका गोढलाई लागूऔषध ऐन अन्तर्गत मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।


प्रतिक्रिया