मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो

ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो

न्यूजस्टोरी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटको शिव मन्दिरभित्र टाउको गिंडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए । गए राति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए । व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । स्थानीयले भने मृतक युवा पक्राउ परेका व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन् । स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए । जसका कारण झगडा भएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।