मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमानलाई हटाएको विरोधमा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

कुलमानलाई हटाएको विरोधमा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए । अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाएका छन् ।

यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे । यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए । ३० मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा वैठक अझै सुरु हुन सकेको छैन ।