मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति

न्यूजस्टोरी

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले विवादमा रहेको भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको हो ।

सत्तारुढ जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् ।

बैठकमा सहभागी जसपा नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भने, ’भूमि अध्यादेश फिर्ता लिन्छौैं भन्ने प्रधानमन्त्री कुरा थियो र उहाँले उक्त अध्यादेश संसदीय प्रक्रियामा अघि नबढाउने प्रतिवद्धता जनाउनु भएको छ । जसपा नेपालसँगको सहमति अनुसार नै अध्यादेश नभई विधेयकमार्फत् भूमिसम्बन्धी कानुन बनाउँछौं भन्नुभयो ।’

पार्टीका तर्फबाट भूमिसम्बन्धी अध्यादेशमा पुरानो अडान दोहोर्‍याइएको उनले बताए । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका अध्यक्ष अशोक राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको सहभागिता थियो ।

सरकारले संसद्को चालु अधिवेधन सुरु हुनु केही दिनअघि मात्र ६ वटा अध्यादेश ल्याएको थियो जसको सत्ता र प्रतिपक्षका दलले विरोध गरेका थिए । भूमि अध्यादेशको भने सत्तारुढ जसपा नेपालले कुनै पनि हालतमा पारित नगर्ने अडानमा थियो ।