काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता पक्का भएको छ । दुई पार्टीबीच एकीकरणको टुंगो लागिसकेको र बढीमा १० दिनभित्रै यसको औपचारिक घोषणा हुने नाउपाका उपमहासचिव राजन गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार एकीकृत पार्टीको अध्यक्ष सीके राउत, सहअध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने भएका छन् । चौधरी…