मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरीको सेन्टर प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

इटहरीको सेन्टर प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

न्यूजस्टोरी

सुनसरी । इटहरीको मुख्य चोकमा रहे‍को सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ । आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।