काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन् ।…