मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केजरीवालको अन्तरिम जमानत लम्ब्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार, फेरि जेल जान सक्ने

केजरीवालको अन्तरिम जमानत लम्ब्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार, फेरि जेल जान सक्ने

न्यूजस्टोरी

काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । जमानत लम्ब्याउने याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध छैन।

केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा अन्तरिम जमानतमा छुटेका छन्। उनको जमानत जून १ मा सकिँदैछ ।

अरविन्द केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहाडबाट बाहिरिएका थिए । उहांलाई प्रवर्तन निर्देशनालयले अप्रिल २१ मा पक्राउ गरेको थियो ।