काठमाडौं । भारतको मध्य प्रदेशको छिन्दवाडामा एक युवकले आफ्नो परिवारका आठ सदस्यको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना तामिया तहसीलको बोदल कचर गाउँको हो। छिन्दवाडाका प्रहरी उपरीक्षक मनिष खत्रीका अनुसार उक्त युवकको मानसिक अवस्था ठीक नभएको र उनको उपचार पनि भइरहेको थियो ।
प्रहरीका अनुसार दिनेशले पहिले आफ्नी श्रीमतीलाई बन्चरो प्रहार गरेपछि आमा, बहिनी, भाइ, भाउजु र दुई भतिजा र भतिजाको हत्या गरेका थिए । दिनेशले काकाको छोरालाई पनि प्रहार गरेका थिए, घटनास्थलबाट केही पर रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए ।
घटना राति २–३ बजे भएको बताइएको छ भने महुलझीर प्रहरी घटनास्थल पुगेको छ। प्रहरीले पुरै गाउँ सिल गरेको छ। विस्तृत जानकारी आउन बाँकी छ। प्रहरीका अनुसार आरोपितको यही मे २१ तारिखका दिन बिहे गरेका थिए । पहिले उनले श्रीमतीको हत्या गरेका थिए।


प्रतिक्रिया