काठमाडौं । नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी र रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहनकुमार साह छन् ।
अर्का एक जना भारतको बिहारका ४० वर्षीय मोहमद आलम रहेका छन् । उनीहरूलाई बाराको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको ।
यस्तै, ना ३४ प ३५१२ र बीआर ०६ एडब्लू २७५८ नम्बरको मोटरसाइकल, एक वटा साइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया