काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई कुनै न कुनै स्रोतबाट आयोजना र कार्यक्रम पुगिरहेकाले तोकेरै बजेट नछुट्याएको बताउनुभएको छ ।
बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहांले १६५ जना सांसदहरूलाई कुनै न कुनै आयोजना र कार्यक्रम पुगिरहेको बताउनुभयो ।
‘हामी सांसद रहेका १६५ क्षेत्रमा कुनै न कुनै आयोजना र कार्यक्रम पुगेकै छन्’, उहांले भन्नुभयो, ‘त्यसैले यसपटक तोकेर बजेट छुट्याइनँ ।’


प्रतिक्रिया