काठमाण्डौ । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो । लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उहाँले…