काठमाडौं । संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्रीसहित ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय हुने भएको छ ।राज्य व्यवस्था तथा सुशासन समितिबाट बिहीबार पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।विधेयकमा सकेसम्म सर्वसम्मतबाटै निर्णय हुने र सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संवैधानिक परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री र समितिमा तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था गरिएको समितिका सदस्य सचिव सुरजकुमार दुराले नेपाल प्रेसलाई जानकारी दिए ।
सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही व्यवस्था प्रस्ताव गरेर संसदमा विधेयक पेश गरेको थियो । विधेयक समितिमा आइसकेपछि भएको छलफलमा क्रममा नेकपा एमालेले संवैधानिक परिषद्को अध्यक्ष रहेका प्रधानमन्त्रीको सहमति अनिवार्य गर्न नहुने मत राख्दै आएको थियो ।


प्रतिक्रिया