मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा तीर्थयात्रु सवार बस खस्यो, २२ को मृत्यु

भारतमा तीर्थयात्रु सवार बस खस्यो, २२ को मृत्यु

न्यूजस्टोरी

काठमाण्डौ – भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना महिला र २ जना बालबालिकासहित २२ जनाको ज्यान गएको खबरमा उल्लेख छ । घाइतेहरूको अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाएका प्रत्येकको आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिइने बताउनुभयो ।