मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सीबी लामा पक्राउ

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सीबी लामा पक्राउ

न्यूजस्टोरी

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) पक्राउ परेका छन्।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो। उनलाई चितवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो। कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपलचन गरेको आरोप लागेपछि फरार रहेका थिए। उनले दुई करोड ठगी गरेको प्रहरीमा उजुरी परेको भट्टराईले बताउनुभयो।।

काभ्रेका लामाले काठमाडौंमा कान्तिपुर सहकारी स्थापना गरेका थिए। कान्तपुर सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन गरेको पनि आरोप छ। कान्तिपुर सहकारीमा ८५२ जना बचतकर्ताको रकम डुबेको छ। हाल उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हुन्। यो सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ।