मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले बोलाए संसदीय दलको बैठक

प्रचण्डले बोलाए संसदीय दलको बैठक

न्यूजस्टोरी

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।