मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोसाइकुण्डमा लेक लागेर पथ प्रदर्शकको मृत्यु

गोसाइकुण्डमा लेक लागेर पथ प्रदर्शकको मृत्यु

न्यूजस्टोरी

रसुवा । गोसाइकुण्ड गाउँपालिका–४ को लाङसिसा खर्कमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २४ वर्षीय पर्यटक गाइड विजय तामाङको लेक लागेर मृत्यू भएको छ।

पाँच पोखरीबाट लाङटाङ–क्यान्जिन उपत्यका–लाङसिसाखर्कको नयाँ ट्रेकिङ रुट खोजी गर्न आएका ६र७ जनाको समुह फर्केर तल झर्ने क्रममा उनको मृत्यु भएको हो। नयाँ पर्यटकीय रुटको खोजीमा तीलमण्ड पास जाने क्रममा लाङसिसाको माथि झण्डै ५ हजार ८ सय मिटरमाथि पुगेर फर्केका थिए। उनलाई लाङसिसाखर्क झर्ने क्रममा समस्या भएको थियो। समयमा उद्धार नभएको कारण टेकअन नेपाल नामक कम्पनीमा कार्यरत गाइड विजय तामाङको मृत्यु भएको आफन्तले बताए। घटनास्थल पुगेर फर्केका जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक तथा सूचना अधिकारी नेत्र पौडेलले भने,‘लक्षणको आधारमा लेक लागेर मृत्यु भएको देखियो, पोष्टमार्टमको रिर्पोट आएको छैन।’बिरामीको सूचना पाउनासाथ लाङटाङ प्रहरीचौकी र जिल्लाबाट टोली तत्काल परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केशव भट्टराइले बताए।

तामाङ धेरै हिमाल चढ्ने र समस्यामा परेका पर्यटकहरुको उद्धार आफैं गर्थे। ‘होनाहार युवा गुमाउनुपर्‍यो। गाउँ शोकमग्न भो ठूलो क्षति भयो,’ तामाङ गाउँका नमुना मान्छे रहेको जनाउँदै मेलम्ची नपा–६ का स्थानीय समाजसेवी बालकृष्ण देउजाले भने। शव परीक्षणको लागि शुक्रबार हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज फेरेन्सिक मेडिसिन विभागमा पठाएको छ।