काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, मौसम अनुकूल बनेका केही स्थानतर्फका उडान आज बिहानैबाट सुरु भएका हुन् । कार्यालयले जनाएको अनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भएका छन् । साथै, पोखरा र सुर्खेतको मौसम पनि…