शेखर छत्कुली
वीरगन्ज ८ माघ । फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा देखिएको छ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसबाट अजय कुमार चौरसियाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
चौरसिया २०७९ सालको निर्वाचनमा जित हासिल गरेका थिए ।
नेकपा एमालेबाट महिला उम्मेदवार रिमा यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छिन ।
यादवलाई एमालेले यसपाली यस क्षेत्रमा नयाँ बलियो उम्मेदवारीको रुपमा उम्मेदवार बनाएको छ भने
यादव जममा २९ वर्ष कि छन ।
त्यसैगरी नेपाली कम्युनीष्ट पार्टीको तर्फबाट यस क्षेत्रमा युवा उम्मेदवार मनोज चौधरीले रहेका छन्।
चौधरी पहिलो पटक निर्वाचन लड्दै छन ।
उनि माधव नेपाल निकट छन भने चौधरी जम्मा ५१ वर्षका छन । उनले बिधार्थी काल देखी नै बामपन्थी राजनीतिबाट आफ्नो यात्रा शुरु गरेका हुन ।
उनको परिवारिक पृष्ठ भुमि पनि बामपन्थी नै हो ।
राप्रपा पार्टीबाट बिना जैसवाल चुनावी प्रतिस्पर्धामा छिन । जैसवाल २०७९ सालको निर्वाचनबाट समानुपातिक सांसद हुन्।
उनि पनि प्रत्यक्ष उम्मेदवारको रुपमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी गरी रास्वपा पार्टीवाट युवा उम्मेदवार शुसिल साह कानु चुनावमा उम्मेदवारी दिएर चुनावमा उत्रेका छन्।
साह वीरगन्ज महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्षको पदवाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन्।
कानु २०७४ सालको स्थानीय निर्वाचन पछी वीरगन्ज महानगरपालिकाको बोर्ड सदस्य समेत भैसकेका छन्। उनि जम्मा ४० वर्ष पुगेका छन्।
त्यसैगरी कांग्रेसका वागी उम्मेदवार राजेश्वर साह तेलीले पनि पर्सा कै २ नम्वर क्षेत्रमा स्वतन्त्रवाट आफ्नो उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्।
तेली २०७४ सालको प्रदेश सभाको निर्वाचनबाट पर्सा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका थिए।
अहिले यि प्रतिनिधि सभाको उम्मेदवार हरु कोही कोही भन्दा प्रतिस्पर्धा कम देखिएका छैनन ।
प्रजातन्त्र पछि पर्सा जिल्लाको सबै क्षेत्र कांग्रेसको क्षेत्र भनेर चिनिने गरिन्थ्यो भने यस क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा अजय चौरसिया प्रचन्ड र माधव नेपाल गुटको गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए भने अहिले कांग्रेस कै वागी उम्मेदवार राजेश्वर साह तेलीले स्वतन्त्र उममेदवारी दिएर निर्वाचनमा ओर्लिए पछी चौरसियालाई आसन्न निर्वाचनमा चुनाव जित्न अलि गार्हो र समस्या हुने अवस्था देखिएको अडकल गर्न थालिएको छ ।
रिमा यादव पहिलो निर्वाचनमा ओर्लिएकी छिन । पर्साको २ नम्वर क्षेत्रमा यादवको बहुल्यता रहेको क्षेत्र हो ।
त्यसले गर्दा उनको चुनावमा विजय हासिल गर्न अलि सहज देखिए पनि उनी नेकपा एमाले पार्टीमा कहिले नाम नसुनेको र एक्कासी पार्टीले टिकेट दिएर चुनावमा लडाएको भन्दै केही एमालेका कार्यकर्ता र शुभचिन्तकहरु रुष्ट बनेका कारणले उहाँलाई पनि माघ २१ गतेको निर्वाचनमा विजय हासिल गर्न त्यति सजिलो देखिएको छैन ।
त्यसतै नेपाली कम्युनीष्ट पार्टीका यस क्षेत्रका उम्मेदवार युवा नेता मनोज चौधरी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
यस क्षेत्रमा उहाँको जातिको बाहुल्यता रहेको क्षेत्रको रुपमा मानिन्छ।
उनि बिधार्थी काल देखि नै राजनीतिमा होमिएका एउटा सफल नेता पनी हुन ।
प्रचन्ड माधव नेपाल लगायतका पार्टी एकिकरण पछी पर्सामा अलिकता उनको पनि पकड यस क्षेत्रमा देखिए पनि उनि नेपाली कांग्रेसका दिग्गज नेता तथा राजनीतिकमा पुराना खेलाडीका रुपमा मानिएका उम्मेदवार अजय चौरसिया सँगको प्रतिस्पर्धामा रहेका छन्। त्यस कारण चौधरीलाई चुनाव जित्नका लागी अलिकता फलामको च्युरा चपाएको जस्तो देखिन्छ।
त्यसतै रास्वपा पार्टीवाट उम्मेदवारी दर्ता गराएका युवा नेता सुशिल साह कानु चुनावमा ओर्लिएका छन्।
उनि वीरगन्ज महानगरपालिका वडा नं १० का एक पटक बोर्ड सदस्य र एक पटक निर्वाचित वडा अध्यक्ष पनि हुनुहुन्छ।
अहिले देश घन्टीमय वनेको अवस्थामा माघ २१ गते हुने निर्वाचनमा कानुले घन्टीवाट टिकेट पाएर उनि पनि प्रतिस्पर्धामा देखिएका छन्।
बिना जैसवाल पुर्व समानुपातिक सांसद पनि हुन ।
जैसवालको राजनितिक यात्रा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचन पछी उदाएकी एक सफल महिला हुन्।
उनि पनि प्रत्यक्ष निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेर चुनाव लड्दै छिन्।
स्वतन्त्र उम्मेदवार राजेश्वर साह तेलीको अब कुरा गरौं ।
तेली एक सफल व्यपारि हुन ।
तेलीले २०७४ सालमा नेपाली काङ्ग्रेस जस्तो पार्टीको टिकट पाएर उनी पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ को क बाट प्रदेस सभाको सदस्यमा निर्वाचित भएका नेता हुन ।
२०७९ सालको निर्वाचनमा उनलाई कांग्रेसले टिकट नदिएका कारण उनी चुनावमा लडेका थिएनन तर कांग्रेस मै थिए।
तेली कांग्रेस को केहि दिन पहिले काठमाडौंमा भएको विषेश महाधिवेशनमा भाग लिएका थिए।
कांग्रेसले टिकट नदिएपछि उनी अजय चौरसियालाई हराउनका लागी घन्टीमा टिकट लिन खोजेपनि उनलाई रास्वपा पार्टीले टिकट नदिएको स्रोतको दावी छ । अन्तिम चरणमा तेलीले उम्मेदवारी दर्ताका दिन करिव ४ बजे तिर स्वतन्त्र उममेदवारी दर्ता गराएका थिए ।
तेली प्रदेश सभा सदस्य भएका उनले आफ्नो क्षेत्रमा राम्रै काम गरेको सोही क्षेत्रका जनताहरु बताउँछन्।
उनी पनि आउँदो निर्वाचनमा राम्रो प्रतिस्पर्धाको रुपमा लिएकाछन ।
तेलीको स्वतन्त्र उममेदवारीले नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई बढी असर पर्ने देखिएको छ।
जसपा नेपाल पार्टीको तर्फबाट अशोक टेमानीले उम्मेदवारी दर्ता गराएका छन्। टेमानी एक असल उधोगी र व्यपारि पनि हुन। उनले दिएको पर्सा जिल्लाको क्षेत्र नं २ मा मारवाडी समुदायका बहुल्यता रहेको क्षेत्रको रुपमा चिनिन्छ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा जसपा नेपाल पार्टीको तर्फबाट बिमल श्रिवास्तव निर्वाचित भएका थिए।
त्यस कारण पनि उनि पनी प्रतिस्पर्धाको रुपमा टेमानीलाई लिन सकिन्छ।
उनि पनि कांग्रेस एमाले रास्वपा नेपाली कम्युनीष्ट पार्टी राप्रपा लगायतका उम्मेदवारहरु भन्दा कम प्रतिस्पर्धा मा छैनन ।
पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस एमाले नेपाली कम्युनीष्ट राप्रपा रास्वपा जसपा नेपाल जति प्रतिस्पर्धा देखिए पनि जुन उम्मेदवारले बढी रुपैयाँ खर्च गर्छ त्यसले बाजी मार्ने पर्सेली जनताको ठम्याई रहेको बुझिएको छ।
यस क्षेत्रमा प्रतिनिधि सभाको चुनाव जित्नका लागी करौडौ रुपैयाँ खर्च हुने गरेको छ । पर्सा जिल्ला क्षेत्र नं. २ मा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा, राप्रपा, लगाएतका १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया