दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। बडीकेदार गाउँपालिका-२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो। खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका-१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका-१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। निजको घटनास्थलमै मृत्यु…