काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा २० जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि काठमाडौंको पेप्सीकोलास्थित टाउन प्लानिङमा लुटपाट गरेको आरोप छ ।
टाउन प्लानिङबाट एक व्यक्तिको ६० लाख रुपैयाँ बुधबार राति ९ बजे आसपास लुटपाट भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यद्यपि, प्रहरीले घटनाको विवरण भने सार्वजनिक गरेको छैन । रकम लुटिएपछि उक्त रकमका धनीले सोही राति प्रहरीकोमा गएर घटनाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया