सोलुखुम्बु । बाबुको आक्रमणबाट घाइते भएकी थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिमकी ५ वर्षीया बालिकाको थप उपचारका लागि गाउँपालिकाले हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएको छ । बिहान ३२ वर्षीय बाबु चामकुमार तामाङले धारिलो हतियार प्रहार गरी घाइते भएकी ५ वर्षीया छोरी पवित्रा तामाङको थुलुङ दूधकोशी अस्पतालले काठमाडौं रेफर गरेपछि पालिकाकै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएको हो ।
स्थानीय सरकारले हेलिकप्टरमार्फत उपचारका लागि उद्धार गरेको पालिका अध्यक्ष असिम राईले बताए । हामीले घटना हुनासाथ बालिकालाई अस्पताल ल्याएर प्रारम्भिक उपचारको व्यवस्था मिलायौँ,´ पालिका अध्यक्ष राईले भने,यहाँ उपचार सम्भव नभएपछि नागरिकको जीवन बचाउनु सरकारको दायित्व भएकाले हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाएका छौं ।’
बिहीबार बिहान बाबुले खुकुरीले छोरीलाई आक्रमण गरी भागेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।


प्रतिक्रिया