मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

न्यूजस्टोरी

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।