मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो

एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो

न्यूजस्टोरी

एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १–० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।

यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ ।

एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।