मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थानको मुख्य प्रशिक्षक बने द्रविड

राजस्थानको मुख्य प्रशिक्षक बने द्रविड

न्यूजस्टोरी

भारतीय टोलीलाई हालै ट्वान्टी–२० विश्वकपको उपाधि दिलाएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ। उनी यसअघि सन् २०११ र २०१५ को बीचमा यस फ्रान्चाइजीसँग आवद्ध थिए। त्यसअघि उनले यो टोलीको कप्तानी सम्हालेका थिए।

द्रविडको पहिलो चुनौती मेगा अक्सन हुनेछ, जुन डिसेम्बरमा हुने सम्भावना छ। उनले रोयल्सका क्रिकेट निर्देशक कुमार संगकारासँग फ्रेन्चाइजको समग्र क्रिकेट रणनीति बनाउन पनि काम गर्नेछन्।द्रविडले आइपिएल (२०१२ र ०१३) मा राजस्थानको कप्तानी गर्नुका साथै (२०१४ र ०१५) मा मेन्टर भूमिका पनि निर्वाह गरेका छन्। यसपछि उनी २०१६ मा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) गए। २०१९ मा उनी बेंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी ९एनसिए० को प्रमुख बने। २०२१ मा उनी भारतीय टोलीको मुख्य प्रशिक्षक बने र उनको कार्यकालमा भारतीय टोलीले आइसिसी ट्रफीको खडेरी अन्त्य गरेको थियो।

राजस्थानले द्रविडका सहायक प्रशिक्षकमा विक्रम राठौरलाई पनि समावेश गर्न सक्ने बताइएको छ। राठौर यसअघि भारतीय टोलीको छनोटकर्ता थिए र एनसिएमा द्रविडको कोचिङ स्टाफको हिस्सा पनि थिए। द्रविडको भारतीय प्रशिक्षकको कार्यकालमा राठौरले भारतीय टोलीको ब्याटिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए।

सन् २००८ को आइपिएलको पहिलो सिजनदेखि राजस्थानले कुनै पनि ट्रफी जितेको छैन। यसपछि राजस्थानको उत्कृष्ट प्रदर्शन २०२२ मा गुजरात टाइटन्ससँग फाइनल खेल्नु थियो। २०२३ मा राजस्थान प्लेअफ प्रवेश गर्न असफल भएको थियो।२०२४ मा राजस्थान दोस्रो क्वालिफायरबाट बाहिरियो।