मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र श्रीलंका भिड्दै

नेपाल र श्रीलंका भिड्दै

न्यूजस्टोरी

साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार श्रीलंकाको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्। योबीचमा नेपालले घरेलु टोली चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पनि उपाधि रक्षामा थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। ‘तयारी राम्रो भएको छ। आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने।