मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टोलीको फिफा वरीयता खस्कियो

महिला टोलीको फिफा वरीयता खस्कियो

न्यूजस्टोरी

नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो। नयाँ वरीयतामा नेपाल ९९ औं स्थानमा छ। अघिल्लो पटकको वरीयतामा नेपाल ९८औं स्थानमा थियो।एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९औं स्थानमा छ। यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपाल भन्दा अघि रहेको भारत ६८औं स्थानमा छ।

विश्व वरीयतामा अमेरिका चार स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ।

जर्मनी चौंथो स्थानमा यथावत रहँदा फ्रान्स आठ स्थान तल खस्किएर १०औं स्थानमा पुगेको छ।