मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलियन फरवार्ड भिनिसियसजुनियरलाई साउदी बम्पर अफर, पाँच वर्षमा एक बिलियन युरो दिने प्रस्ताव

ब्राजिलियन फरवार्ड भिनिसियसजुनियरलाई साउदी बम्पर अफर, पाँच वर्षमा एक बिलियन युरो दिने प्रस्ताव

न्यूजस्टोरी

काठमाडौं । हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच वर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ । 

जुन उनले हाल रियल म्याड्रिडमा पाइरहेको पारिश्रमिक भन्दा १३ गुणा बढी भएको बताइएको छ । भिनिसियस र उनका एजेण्टलाई सो प्रस्ताव दिइसकेको रिपोर्टमा दाबी गरिएको छ । आर्थिक प्रस्ताव बाहेक उनलाई अन्य आकर्षक प्रस्ताव समेत दिइएको छ ।

भिनिसियसको साउदी जाने हल्लाका बीच रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भने यो हल्ला निराधार रहेको बताएका छन् । उनले यो अनुमान भन्दा अरू केही नभएको दाबी गरेका छन् । प्रशिक्षक एन्सेलोटीले भिनिसियस रियल म्याड्रिडमै रहन चाहेको स्पष्ट गर्दै यस्ता अनुमानले उनलाई कुनै असर नगर्ने बताए ।

२४ बर्षिय भिनिसियसले रियल म्याड्रिडमा ६ सिजन खेलिसकेका छन् । उनले अहिलेसम्म २६४ खेल खेल्दै ८३ गोल समेत गरेका छन् । उनले रियल म्याड्रिडबाट अहिलेसम्म १२ ट्रफी समेत जितेका छन्, जसमा दुई च्याम्पियन्स लिग उपाधि समावेश छन् ।

साउदी प्रो लिगले स्टार खेलाडीहरूलाई ठुलो रकम अफर गरेको यो पहिलो पटक भने होइन । यस अघि नेइमार, करिम बेन्जमा, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई लिगमा भित्र्याएको छ ।

रोनाल्डो अहिले साउदी लिगमा धेरै पारिश्रमिक पाउने खेलाडी हुन् । उनले अहिले प्रति बर्ष करिब २०० मिलियन युरो पारिश्रमिक पाउँछन् । साउदी लिगमा रोनाल्डोको सम्झौता लामो नभएका कारण अब अर्को सुपरस्टारको खोजी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।