मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतितोला एक हजार चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

प्रतितोला एक हजार चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंद्दको अनुसार आज बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा अर्थात मंगलबारको तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । आज आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।