मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो

न्यूजस्टोरी

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको थियो ।        

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।