मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा बिच भलिबलको विजयी राष्ट्रिय टोली नेपाल फर्कियो

काभा बिच भलिबलको विजयी राष्ट्रिय टोली नेपाल फर्कियो

न्यूजस्टोरी

काठमाडौं। काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला टोली र उपविजेता बनेको पुरुष टोली नेपाल फर्किएका छन्।

आइतबार विजयी टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्। शनिबार भुटानको थिम्पुमा भएको प्रतियोगिताको फाइनलमा कमला पुन र मनिषा चौधरीले उज्बेकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको थियो।

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २१–१७ र दोस्रो सेटमा २१–१७ ले पराजित गरेको थियो। काभा बिच भलिबलमा नेपाली महिला जोडीको यो पहिलो उपाधि पनि हो। यस्तै, पुरुषतर्फको फाइनलमा दिलबहादर सुनार र मानबहादुर श्रेष्ठको जोडी माल्दिभ्ससँग २–० ले पराजित भयो। मानबहादुर र दिलबहादुरको जोडी माल्दिभ्ससँग पहिलो सेटमा १९–२१ र दोस्रो सेटमा १७–२१ ले पराजित भएको थियो।

प्रतियोगितामा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो। अन्य देशका दुई टोलीहरुले प्रतिस्पर्धा गरेका थिए।