मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

न्यूजस्टोरी

काठमाडौं । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो ।

गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । आज भाउ घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।