मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा बिच भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

काभा बिच भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

न्यूजस्टोरी

काठमाडौं । भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा हरायो ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५ र २१–४ ले पराजित गरेको हो । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले हराएको थियो ।

यस्तै पुरुषतर्फ बिहान भएको खेलमा नेपालले भुटानको ‘बी ’ टिमलाई हराएर पहिलो जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारेको हो ।